नेपाल कम्युनिस्ट पार्टी ( एमाले) को बलियो भातृ संगठन,
राष्ट्रिय युवा संघ नेपाल को आगामी महाधिवेशन यहि जेठ ९-११ पोखरामा हुदै छ। महाधिवेशन नजिकिँदै गर्दा वैचारिक राजनीतिका प्रखर वक्ता, र युवाहरुका सप्नाद्रष्टा मानिने राजन थापा राष्ट्रिय युवा संघ नेपालको यस महाधिवेशनमा महासचिव पदका लागि निर्विकल्प र सशक्त , बलियो दाबेदारको रूपमा अग्रपंक्तिमा देखिएका छन्।
यद्यपि, थापाले आफ्नो उम्मेदवारी औपचारिक रुपमा बाहिर घोषणा नगरे पनि संगठनभित्र महासचिव पदका लागि आफू सक्षम मात्र होइन निर्विकल्प दाबेदार पनि देखिन्छन् ।
संगठनभित्रको लामो योगदान, अनुभव, संगठानिक निष्ठा, वैचारिक परिपक्वता, लोकप्रियता र विस्वास, तथा विभिन्न आन्दोलनको सफल नेतृत्व क्षमताका आधारमा स्वाभाविक रुपमा थापाको नाम महासचिवमा संगठन भित्र र अग्रज नेताहरू विचमा सर्वचर्चामा रहेको छ।
राष्ट्रिय युवा संघ नेपालको इतिहासमा अहिले विभिन्न पदको लागि आकाङ्क्षी उम्मेदवारहरुमध्ये थापा सिनियर र अगाडिका नेता मानिन्छन । उनको अर्को तर्क पनि के रहेकोछ भने आफू महासचिवमा सर्वसहमत चयन हुननसकेको खण्डमा प्रक्रियामा समेत जाने उनी निकटहरु बताउछन ।
अखिलको राजनीतिबाट आफ्नो राजनैतिक जीवन शुरु गरेका थापा वि. स. २०६८ मा युवा संघ जाजरकोट जिल्ला कमिटी सदस्य पछि जिल्ला उपाध्यक्ष हुँदै कुशल जिम्मेवारी निभाएको कारणले उनलाई युवामाझमा सर्वप्रिय राजनैतिक पहिचान त्यतिबेला देखिनै निर्माण गरिसकेको छ। विभिन्न प्रतिकुलतालाई पनि अनुकुलतामा परिणत गर्न सक्ने नेतृत्वकला भएका राजन थापा वि. स. २०६९ सालमा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा लोकप्रिय मतका साथ निर्वाचुत हुँदै राष्ट्रिय राजनीतिमा स्थापित भएका थिए। त्यस यता युवा संघको सचिवालय सदस्य, कोषाध्यक्ष, सचिव हुँदै हाल उपमहासचिवको जिम्मेवारी कुशलतापुर्वक समालिरहेका छन्। थापाले विभिन्न जिम्मेवारीमा रहँदा देखाएको कार्यकुशलता, बैचारिक परिपक्वता, संगठनप्रतिको निष्ठा, कार्यकर्ताबीच अत्यन्तै लोकप्रियता, र नेतृत्व क्षमताले उनलाई संगठनभित्र विश्वासिलो र प्रभावशाली नेता र युवाआन्दोलको सम्वाहकको रूपमा पहिचान स्थापित गराएको छ। विशेषतः संगठनमा उनले खेलेको खरो र अतुलनीय भूमिका, विभिन्न आन्दोलनको सफल नेतृत्वले उनको राजनैतिक क्षमताको निसंकोच प्रमाण प्रस्तुत गरिसकेको छ ।
राष्ट्रिय युवा संघ नेपालको कुनै पनि कमिटीमा बस्न लाई ४० बर्ष नकटेको हुनुपर्ने विधानगत व्यवस्था छ । यद्यपि राजन थापा उम्मेरले पनि ३६ बर्ष मात्र पुगेका छन् । यसर्थ, उनी महासचिव हुने कुरामा कुनै दुबिधा छैन, तरपनि, बदलिँदो समयको माग र संगठनको नेतृत्व निर्माणको इतिहासको जगमा थापा आफु यो पटकको लागि महासचिव भएर युवा आन्दोलले गर्ने कर्म, उठाउने आवाज र बनाउने योजना लिने गति” सुखी नेपाली, समृद्ध नेपाल को राष्ट्रिय आकाङ्क्षा संग जोड्ने उनको मत रहेछ। थापाको महासचिव निर्विकल्प उम्मेदवारी अहिलेको युवा आन्दोलन र समयको माग अनि आवश्यकता पनि भएको उनको जिकिर रहेको कुरा उनी निकटहरु ले बताएका छन् ।