• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
आइतबार, जेठ १९, २०८२
☰
आइतबार, जेठ १९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे


  •   मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
  • राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले ०५६ सालपछि अनुत्तीर्ण/अनुपस्थित वा अक्षराङ्कन पद्धतिमा ग्रेड नल्याएका विद्यार्थीका लागि आगामी पुस १९ गतेसम्म मौका परीक्षाका लागि आवेदन दिन भनेको छ । पहिलोपटक मंसिर २७ गतेसम्म फारम बुझाउने मिति तय गरेको बोर्डले पछिल्लो पटक समयावधि थपेको हो ।

    Advertisement

    सोही मौका परीक्षाबारे बुझ्न अघिल्लो साता बोर्डको कार्यालयमा झापाका एक विद्यार्थी पुगे । उनी विगत पाँच वर्षदेखि आफू अनुत्तीर्ण विद्यार्थीको सूचिमा छु भन्नेमै थिए ।

    जब बोर्डको केन्द्रीय कार्यालय सानोठिमीमा पुगे, त्यसपछि मात्रै थाहा भयो– उनी पास भइसकेका रहेछन् । उनको रजिस्ट्रेसन नम्बरबाट विवरण हेर्दा त ०७६ सालमै उत्तीर्ण भएको खुल्यो ।

    परीक्षा बोर्डका उपनियन्त्रक कृष्ण घिमिरेका अनुसार, ती विद्यार्थीलाई विद्यालयले नै अनुत्तीर्ण भनेको रहेछ ।

    बोर्डका अधिकारीले पास भएको खबर दिएपछि आश्चर्यचकित मात्रै भएनन्, केहीबेर भावविह्वल पनि बने । ‘पास भएको थाहा पाउँदा उहाँ (विद्यार्थी) खुसीले धुरुधुरु रुनुभयो,’ उपनियन्त्रक घिमिरेले भने, ‘पाँच वर्षमा धेरै अवसर गुम्यो भनेर चिन्ता पनि गर्नुभएको थियो ।’

    विद्यालयकै कमजोरीले नै उनको नतिजामा त्रुटि भएको उपनियन्त्रक घिमिरेको भनाइ छ । ‘विद्यालयको मात्र भर परेछन् . बोर्डको वेबसाइटमा नतिजा हेरेको भए उत्तीर्ण भएको थाहा हुने थियो,’ उनले भने ।

    ती विद्यार्थी झापाका भएपनि व्यक्तिगत विवरणबारे घिमिरेले थप सोधखोज गरेनन् । उनको विवरण पनि राखेनन् । ‘उहाँको नाम र पढेको विद्यालय थाहा छैन । व्यक्तिगत कुरा सोध्न मिलेन,’ घिमिरे भन्छन्, ‘पास भएको थाहा पाएपछि ट्रान्सक्रिप्ट विराटनगरबाट झिक्न मिल्ने भएकाले यहाँबाट जानुभयो ।’

    उपनियन्त्रक घिमिरेका अनुसार मौका परीक्षाको फारम भर्न आएका अन्य चार/पाँच जना विद्यार्थी पहिल्यै उत्तीर्ण भएको भेटिएको छ । ‘कोही परीक्षा दिएर विदेश जानुभयो । पास फेल भएको थाहा पाउनु भएन । विद्यालयले पनि थाहा दिएन । अहिले मौका परीक्षाको फारम भर्न आउँदा पास भएको भेटिएको छ,’ उनले भने ।

    अनुत्तीर्ण भएका विद्यार्थीले एकपटक मौका परीक्षाको व्यवस्था गर्न निवेदन दिएपछि बोर्डले मौका परीक्षाको निर्णय गरेको हो । ‘१२ पास नहुँदा अवसरबाट बञ्चित भयौं भनेर विद्यार्थीले निवेदन दिनुभएको थियो । निवेदन दिनेलाई मात्र परीक्षा गराउन मिलेन । त्यसैले २०५६ देखि २०७७ सम्म उनुत्तीर्ण भएका सबै विद्यार्थीको लागि खुला गरिएको हो,’ उपनियन्त्रक घिमिरेले भने ।

    उनका अनुसार यो अवधिमा अनुत्तीर्ण भएका विद्यार्थीको संख्या १४ लाख हाराहारी छ । अहिले परीक्षाको लागि विद्यार्थीहरूले फारम भर्न शुल्क बुझाइरहेका छन् ।

    आइतबार दिउँसोसम्म अनलाइनबाट मात्र १९ हजार ४ सय विद्यार्थीले परीक्षाको लागि शुल्क बुझाएका छन् । सम्बन्धित विद्यालयमा कति विद्यार्थीले फारमका लागि शुल्क बुझाए भन्ने तथ्यांक आएको छैन । विद्यालयले हार्डकपी बुझाएपछि मात्र यकिन तथ्यांक आउने उपनियन्त्रक घिमिरेले बताए ।

    बोर्डले परीक्षा फारमको शुल्क १ हजार तोकेको छ । यदि ११ र १२ दुवैमा अनुत्तीर्ण भएको विद्यार्थीले भने २ हजार शुल्क तिर्नुपर्नेछ ।

    विद्यार्थीले फारमको शुल्क अनलाइन वा सम्बन्धित विद्यालयमा गएर पनि बुझाउन सक्ने व्यवस्था मिलाइएको छ ।

    बोर्डका अनुसार फारम अनलाइनबाट डाउनलोड गरी भरेर विद्यालयमा बुझाउन सकिने छ । इन्टरनेट नभएको ठाउँ भएमा सम्बन्धित विद्यालयमा गएर फारम भर्न पाइने उपनियन्त्रक घिमिरेले बताए ।

    कुन विषयमा अनुत्तीर्ण भएको हो सो थाहा नभएमा त्यसको विवरण पनि बोर्डले उपलब्ध गराउने छ । ‘११ र १२ मा कुन विषयमा अनुत्तीर्ण भएको थाहा नभएमा बोर्डले विद्यालयलाई उपलब्ध गराउँछ । रजिस्ट्रेसन नम्बरबाट बोर्डको वेबसाइटबाट पनि हेर्न सकिन्छ,’ उपनियन्त्रक घिमिरेले भने ।

    मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक
    युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.