• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
आइतबार, जेठ १९, २०८२
☰
आइतबार, जेठ १९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन


  •   मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रहरी पुग्दा जनता आतंकित हुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

    Advertisement

    मंगलबार ललितपुर महानगरपालिकाको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललितपुर नगर प्रहरीको प्रशंसा गर्दै यस्तो बताएका हुन् ।

    जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिइ सेवाभाव प्रस्तुत गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।

    ‘नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठान्नुपर्छ । नगर प्रहरी आउँदा जनता आफ्ना सरसामान हत्तपत्त लुकाएर कहाँ भाग्ने भन्ने आतंकमा रहनुपर्ने अवस्था हुनु हुँदैन,’ प्रधानमन्त्री ओलीले भने ।
    उनले जनप्रतिनिधिले शासक र हाकिम हुँ भन्ने खालको प्रवृत्ति बिर्सनपर्ने बताए ।

    ‘हामी जनताका सेवक हौँ । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ । हामीभित्र घमण्ड पस्नु हुँदैन,’ एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘तनाव लिने र दिने काम पनि गर्नु हुँदैन । हामीले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटामो तीब्रताका साथ अगाडि बढ्नुपर्छ ।’

    प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको पनि बताए ।

    व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भ्रम फैलाइएका प्रति सचेत हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारीवृद्धिका साथै थुप्रै ठुला उद्योगहरु सञ्चालनमा आएको पनि दाबी गरे ।

    मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक
    युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.