• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शनिबार, जेठ १८, २०८२
☰
शनिबार, जेठ १८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

  • १. राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

शिक्षकको कुटाइले विद्यार्थीको कानको जाली फुट्यो, दोषी लाई कारबाही गर्न किन पछि हट्दै छ पुलिस प्रसान


  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
  • शिक्षकको कुटाइले विद्यार्थीको कानको जाली फुट्यो, दोषी लाई कारबाही गर्न किन पछि हट्दै छ पुलिस प्रसान

    Advertisement

    भक्तपुर नगरपालिका देकोचास्थित जेन्युइन इङ्लिस सेकेन्डरी स्कुलमा कम्प्युटर शिक्षकको कुटाइबाट ६ कक्षामा अध्ययनरत १२ वर्षीय विद्यार्थी एरिकप्रताप थापा गम्भीर घाइते भएका छन्। शिक्षक निर्जन श्रेष्ठले गरेको कुटपिटका कारण एरिकको दाहिने कानको जाली फुटेको छ।

    घटना अनुसार, अक्षर राम्रो बनाउन र छिट्टो लेख्न निर्देशन दिँदै शिक्षकले एरिकलाई टाउकोमा टुटुल्को आउने गरी कुटेका थिए। त्यसपछि फेरि कानमा जोडले प्रहार गर्दा एरिकको कान सुन्निनुको साथै एकातर्फको गाला सुन्निएको छ। एरिकका हजुरबुवा शिवकुमार थापाका अनुसार, नाति घर फर्किंदा कान सुन्निएको थियो, जसका कारण उनलाई तुरुन्तै अस्पताल पुर्‍याइएको थियो। भक्तपुरको अल्का अस्पतालमा चिकित्सकहरूले कानभित्र गहिरो चोट लागेको र कानको जाली फुटेको पुष्टि गरेका छन्। चिकित्सकले एरिकलाई एक महिनाको आराम गर्न सुझाव दिएका छन्।

    यस्तो गम्भीर घटनापछि पनि विद्यालयले शिक्षकलाई शनिबारसम्म लुकाएको र कारबाही नगरेको अभिभावकहरूले गुनासो गरेका छन्। चिकित्सकले औषधिले सुधार नभएमा अपरेसन गर्नुपर्ने जानकारी गराएका छन्।

    एरिकका अनुसार, शिक्षकले होमवर्क ढिला गरेको भन्दै कान र कञ्चटमा कुट्ने गरेका थिए। अन्य विद्यार्थीहरूले पनि उक्त शिक्षकको आतंकबाट पीडित भएको तर फेल गराइदिने डरले गुनासो गर्न नसकेको बताएका छन्। शिक्षकले कक्षामा मात्र होइन, अन्य विद्यार्थीहरूलाई पनि शारीरिक यातना दिने गरेको खुलासा भएको छ।

    अभिभावकहरूले दोषी शिक्षकलाई कानुनी कारबाहीको माग गर्दै प्रशासनमा उजुरी गर्ने तयारी गरिरहेका छन्। विद्यालयले भने शिक्षक बेपत्ता भएको जनाएको छ। विद्यालयका प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेले दोषी शिक्षकलाई माफी मगाउने, उपचार खर्च व्यहोर्ने र शिक्षकलाई बर्खास्त गर्ने निर्णय भएको जानकारी गराएका छन्।

    यो घटनाले शैक्षिक संस्थाहरूमा विद्यार्थीमाथि हिंसात्मक व्यवहारको खतरनाक प्रभावलाई पुनः उजागर गरेको छ। अभिभावकहरूले यस्ता हिंसात्मक गतिविधिलाई रोक्न कडा कदम चाल्नुपर्ने माग गरेका छन्।

    सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.