• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, जेठ २४, २०८२
☰
शुक्रबार, जेठ २४, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

बालेनसँग भिड्नेलाई ओलीको पुरस्कार के हुदैछ हाम्रो नेपाल मा


  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
  • बालेनसँग भिड्नेलाई ओलीको पुरस्कार के हुदैछ हाम्रो नेपाल मा

    Advertisement

    प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीचको ‘साइबर वार’ अब समर्थकहरूबीचको भिडन्तमा परिणत हुँदैछ। दुई जननिर्वाचित प्रतिनिधिहरूबीचको यस लडाइँको असरलाई समर्थकहरूले प्रत्यक्ष रूपमा अनुभव गरिरहेका छन्। एक तर्फ केन्द्र सरकारको नेतृत्व गरिरहेका ओली छन् भने, अर्कोतर्फ स्थानीय सरकारको प्रमुख बालेन छन्, जसको कार्यशैली र लोकप्रियताले आम जनतामा प्रभाव पारेको छ।

    ओलीविरुद्ध जनताको आक्रोश बिस्तारै बढ्दै गइरहेको छ, जुन विभिन्न सार्वजनिक कार्यक्रममा स्पष्ट देखिन्छ। संविधान दिवसको नेसनल डे कन्सर्टमा ओलीविरुद्ध नाराबाजी हुँदै गर्दा बालेनको समर्थनमा जयजयकार गरियो। यसैगरी, इन्द्रजात्रामा पनि ओली र बालेन समर्थकहरूबीचको तनाव देखा पर्‍यो। बालेनको टिसर्ट लगाएका केही समर्थकहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि यो विवाद झनै बढ्यो।

    प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेको भन्दै चार जनालाई पक्राउ गरियो, जसमा त्रिचन्द्र कलेजका बीएससी प्रथम वर्षका विद्यार्थी तिलक खड्कालाई ज्यान मार्ने मुद्दामा अदालतमा उपस्थित गराइएको छ। चार महिना अगाडिको क्याम्पसको विवादका कारण उनलाई पक्राउ गरिएको भए पनि, सरकारले अभिव्यक्तिका आधारमा मानिसहरूलाई पक्राउ गरेको विश्लेषकहरूको टिप्पणी छ।

    प्रधानमन्त्री ओली र मेयर बालेनबीचको यस टसलले राजनीतिक माहोललाई तातो बनाइरहेको छ। बालेनको बढ्दो लोकप्रियता र ओलीमाथिको आलोचना यस द्वन्द्वका मुख्य कारणहरू हुन्। बालेनको सक्रिय भूमिकाले जनतामा सकारात्मक छाप परेको छ भने ओलीको लोकप्रियता घट्दै गएको छ।

    विशेषगरी फुटपाथ हटाउने अभियानदेखि अवैध संरचना भत्काउने, सुकुम्बासी बस्ती व्यवस्थापन, र बाल श्रमजस्ता मुद्दाहरूमा बालेनको नेतृत्वले नागरिकहरूमा ठूलो प्रभाव पारेको छ। ओलीको प्रतिक्रियात्मक शैलीले भने उनीमाथि आलोचना झन् बढाइरहेको छ।

    विश्लेषकहरूका अनुसार, यो ‘जुँगाको लडाइँ’ले समर्थकहरूलाई अराजकतातर्फ धकेलिरहेको छ। ओली र बालेनबीच सहअस्तित्व र समन्वयको अभावले देशको राजनीतिक वातावरणलाई अशान्त बनाइरहेको छ। यस्तो अवस्थामा दुबै नेताले व्यक्तिगत टसललाई त्यागेर आफ्ना प्राथमिकतामा ध्यान दिनु अनिवार्य देखिन्छ।

    आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.