• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, जेठ २४, २०८२
☰
शुक्रबार, जेठ २४, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

विवाह गरेको २४ घण्टा पनि बित्न नपाउँदै पुछियो प्रमिलाको सिउँदो


  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
  • विवाह गरेको २४ घण्टा पनि बित्न नपाउँदै पुछियो प्रमिलाको सिउँदो
    एक महिला लाई यो भन्दा ठूलो दुःख के हुन सक्छर यहाँ विवाह भयको 24 घण्टा बित्न नपाउँदै उनको सिउँदो बाट सिन्दुर पुछियो उनले आफ्नो श्रीमान संग 24 घण्टा पनि बिताउन पाइनन् हो सर्षक हिन थाहा नगरपालिका–८ ऐँसेलु खर्कका २५ वर्षीय तिलक कुमार थिङ र कैलाश–५ गोगनेकी २५ वर्षकी प्रमिला गोलेले २८ भदौमा तामाङ परम्पराअनुसार विवाह गरे। तर दुर्भाग्यवश, विवाहको एक दिन पनि नपुग्दै प्रमिलाको सिउँदोबाट तिलकले हालिदिएको सिन्दुर पुछियो।

    Advertisement

    तीन वर्षअघि एक देवाली पूजामा पहिलोपटक भेटिएका तिलक र प्रमिलाको प्रेम सम्बन्ध मोबाइल सन्देशहरूबाट सुरु भएको थियो। परिवारले पनि उनीहरूको प्रेमलाई स्वीकृति दिइसकेको थियो, र उनीहरू चाँडै विवाह गर्ने योजनामा थिए। तर, उनीहरूले २८ भदौमा परिवारलाई बिना जानकारी साथीको घरमा सुटुक्क विवाह गरे।

    विवाहको रात प्रमिला आफ्नो जन्मघर छोडेर नयाँ घरको चिन्तामा निदाउन सकिनन्। तिलक पनि छटपटाइरहेका थिए, र प्रमिलाले सोचेकी थिइन्, “शायद तिलकलाई पनि म जस्तै डर लागिरहेको होला।”

    तर, बिहानीको ४ बजेतिर तिलकका हातहरू काँप्न थाले र श्वास फेर्न गाह्रो भयो। प्रमिलाले तिलकलाई पानी खुवाइन्। तर उनी निरन्तर अस्वस्थ महसुस गर्दै थिए। दिउँसो १२ बजेतिर तिलक अचानक भुइँमा लडे, र फेरि कहिल्यै उठेनन्।

    तिलकको मृत्युको कारण परिवारले प्रेसरलाई मानेका छन्। केही समयदेखि तिलकलाई डिप्रेसनको समस्या पनि थियो। तीन वर्षकै उमेरमा बाबु गुमाएका तिलककी आमाले केही महिनाअघि मात्र दोस्रो विवाह गरेकी थिइन्, जसपछि तिलक मानसिक रूपमा कमजोर भएका थिए।

    तिलकको मृत्यु भएको पाँच दिनपछि प्रमिलालाई उनको माइती पक्षले लगेका छन्। सासु-ससुरा र श्रीमानको अनुपस्थितिमा प्रमिला माइतीमै बस्ने निर्णय भएको छ। विवाहको सपनासहित सिन्दुर लगाएर भित्रिएकी प्रमिला एकै दिनमै विधवा हुनुपर्‍यो, र उनको भविष्य अन्धकारमय देखिन्छ।

    आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.