• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
बुधबार, जेठ २२, २०८२
☰
बुधबार, जेठ २२, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

रघुगंगा हाइड्रोपावर परियोजनाको ८०% निर्माण सम्पन्न


  •   शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
  • रघुगंगा हाइड्रोपावर परियोजनाको ८०% निर्माण सम्पन्न

    Advertisement

    म्याग्दीको रघुगंगा गाउँपालिकामा बनिरहेको ४० मेगावाट क्षमताको रघुगंगा हाइड्रोपावर परियोजनाको निर्माण ८० प्रतिशत सकिएको छ। यो परियोजना नेपाल सरकार र प्राधिकरणको लगानीसँगै भारतको एक्जिम बैंकबाट सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको छ।

    आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। परियोजनाको ६.२ किलोमिटर लामो सुरुङ खनी कंक्रिट लाइनिङको काम तीव्र रूपमा भइरहेको छ। कमजोर भौगर्भिक अवस्थाका कारण सुरुङलाई पूर्ण रूपमा कंक्रिट लाइनिङ गर्नुपर्ने भएकाले जनशक्ति थप गर्नुपर्ने देखिएको छ।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनुगमन गर्दै निर्माण समयतालिका तयार गर्नुपर्ने बताएका छन्। उनले भने, “असारभित्र सम्पन्न हुने गरी एक हप्ताभित्र निर्माण समयतालिका टुंगो लगाएर हस्ताक्षर गरौं।”

    परियोजनाको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन अनुसार ढुंगा, गिट्टी र बालुवाको अभावमा समस्या भएको थियो। सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक बहावलाई संरक्षण गर्न आदेश जारी गरिसकेको छ, र सो मुद्दा हाल विचाराधीन छ।

    परियोजनाको कुल लागत ९ अर्ब १७ करोड रुपैयाँ छ, जसमा भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख डलरको सहुलियतपूर्ण ऋण र बाँकी सरकार र प्राधिकरणको लगानी समावेश छ।

    पहिले परियोजनाको क्षमता ३२ मेगावाट थियो, तर निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण ठेक्का तोडिएको र पछि ४० मेगावाटमा नयाँ ठेक्का सम्झौता गरिएको हो।

    सिभिल संरचना र हाइड्रो मेकानिकलका कामहरू जयप्रकाश एसोसिएट्स लिमिटेडले इन्जिनियरिङ, खरिद र निर्माण इपिसी ढाँचामा गरिरहेका छन्। इलेक्ट्रोमेकानिकलका कार्यहरू भारत हेभ्वी इलेक्ट्रिकल लिमिटेडले गर्दैछन्।

    परियोजनाबाट दैनिक ४ घण्टा पिकिङ गर्न मिल्ने र वार्षिक २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुने योजना छ। बाँधको सिभिल संरचना निर्माण सम्पन्न भइसकेको छ र बाँधमा उपकरणहरू ढुवानी गरिएका छन्। १०५० मिटर पेनस्टक पाइपमध्ये १३० मिटर जडान गरिएको छ, र विद्युत् गृहको सिभिल संरचना निर्माण सम्पन्न भएको छ। यहाँ २० मेगावाटका दुई युनिट रहनेछन्।

    शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.