• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
आइतबार, जेठ १९, २०८२
☰
आइतबार, जेठ १९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

बालबालिकाको श्रम शोषण ३ लाख ९१ हजार जरिवाना


  •   बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित
  • बालबालिकाको श्रम शोषण ३ लाख ९१ हजार जरिवाना

    Advertisement

    श्रम तथा रोजगार कार्यालय हेटौँडाले बालश्रमिकको रूपमा बालबालिकालाई काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गर्दै ३ लाख ९१ हजार रुपैयाँ जरिवाना गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा गरिएको अनुगमनका क्रममा, ९५ उद्योग प्रतिष्ठानमध्ये ३५ वटा प्रतिष्ठानले बालश्रमिक प्रयोग गरेको पाइएपछि उक्त कारबाही गरिएको हो।

    कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठका अनुसार, बालश्रमिकका रूपमा काम गराइएका बालबालिकाको उद्धार गरिएको छ, र दोषी ठहरिएका उद्योग तथा रोजगारदातालाई कारबाही गर्दै ६१ हजार एक सय रुपैयाँ र ३ लाख ९१ हजार दुई सय ५६ रुपैयाँ जरिवाना गरिएको छ।

    यो अवधिमा कार्यालयले २३५ प्रतिष्ठानमा अनुगमन गर्दा, ठूला उद्योगहरूले श्रम कानुनको पालना गरेको देखिए पनि साना उद्योगहरूमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, र व्यवसायजन्य सुरक्षाको अवस्था कमजोर रहेको पाइएको छ। कार्यालय प्रमुख श्रेष्ठले कमजोर देखिएका उद्योगहरूलाई सुधार गर्न निर्देशन दिइएको र श्रमिक तथा व्यवस्थापकहरूलाई समेटेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए।

    हाल हेटौँडा श्रम तथा रोजगार कार्यालयमा ५० वटा उद्योग प्रतिष्ठान सूचीकृत छन् भने एक सय ५० प्रतिष्ठानलाई सूचीकृत हुन ताकेता गरिएको छ। कार्यालय प्रमुख श्रेष्ठका अनुसार, धेरैजसो उजुरीहरू पारिश्रमिक नपाएको सम्बन्धमा आउने गरेका छन्। आर्थिक वर्ष २०८०/८१ मा पारिश्रमिकसम्बन्धी ७९ उजुरी दर्ता भएका थिए, जसमा ६० उजुरी कार्यालयको पहलमा प्रत्यक्ष वार्तामार्फत समाधान गरिएको छ भने बाँकी १९ उजुरी समाधानको प्रक्रियामा छन्।

    यस अवधिमा, मकवानपुर, चितवन, र सिन्धुली जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रम पनि सम्पन्न गरिएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए।

    बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.