• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, जेठ २४, २०८२
☰
शुक्रबार, जेठ २४, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

काठमाडौं महानगरपालिकाको २० मिटर सूचना: जनप्रतिनिधिहरूको आक्रोश र दबाब


  •   मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
  • काठमाडौं महानगरपालिकाको २० मिटर सूचना: जनप्रतिनिधिहरूको आक्रोश र दबाब

    Advertisement

    महानगरपालिकाका मेयर बालेन शाहले नदी किनाराबाट २० मिटर क्षेत्र खाली राख्नुपर्ने सार्वजनिक सूचनालाई लिएर महानगरका उपप्रमुख र वडाध्यक्षहरूले तीव्र असन्तुष्टि जनाएका छन्। आज बसेको नगर कार्यपालिकाको ३५ औं बैठकमा उपप्रमुख सुनिता डंगोलसहितका जनप्रतिनिधिहरूले उक्त सूचना फिर्ता लिनका लागि मेयर शाहलाई दबाब दिएका छन्।डंगोलले बिना छलफल जारी गरिएको सूचनाले नागरिकहरूमा त्रास फैलाएको बताउँदै यस किसिमको संवेदनशील निर्णयमा सबैको सहमति आवश्यक भएको धारणा राखिन्। उनले भनिन्, “यो प्रमुख स्तरीय निर्णयबाट सूचना जारी गर्ने पद्धति राम्रो होइन। यसमा सबैको निर्णय समावेश हुनु पर्छ।”महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले पनि सूचनालाई संशोधन गर्न माग गरे। “सर्वोच्च अदालतको निर्णयलाई आधार मान्दै जारी गरिएको यो सूचना स्पष्ट छैन, यसलाई संशोधन गर्नुपर्छ,” उनले भने। वडा-२३ का अध्यक्ष मचाराजा महर्जनले पनि सूचनाको कारण अप्रिय घटना घट्न सक्ने चेतावनी दिँदै यसलाई तत्काल फिर्ता लिन माग गरे।यसबारेमा मेयर बालेन शाहले भने उक्त सूचना सर्वोच्च अदालतको निर्णयको आधारमा मात्र जारी गरिएको र कुनै अन्तिम निर्णय नलिइएको स्पष्ट पारे। “मान्छेहरू झुक्किन नदिन मात्र सूचना दिएको हो, निर्णय भएको छैन,” शाहले भने।साउन ३० गते जारी गरिएको सूचनामा, काठमाडौं महानगरपालिकाले नदी किनाराबाट नापी नक्सा अनुसारको २० मिटर अतिरिक्त दूरी छोडेर मात्र भवन निर्माण गर्न अनुमति दिने उल्लेख गरिएको थियो। साथै, मलमूत्र र प्रदूषित पानी नदीमा नपठाउन र नदीमा फोहोर नफाल्न पनि महानगरपालिकाले आग्रह गरेको थियो।सूचना जारी गर्ने आधारस्वरूप, काठमाडौं जिल्ला अदालतमा दायर ०६७–WO–१००२ नम्बरको उत्प्रेषण मुद्दामा भएको सर्वोच्च अदालतको फैसलालाई महानगरपालिकाले मानेको थियो। अदालतले वागमती, विष्णुमती र मनहरा खोलामा २० मिटर दूरी छोडेर मात्र निर्माण अनुमति दिने निर्णय गरेको थियो।तर, यस सूचनाको कारण नागरिकहरूमा उत्पन्न भएको असन्तुष्टिलाई मध्यनजर गर्दै जनप्रतिनिधिहरूले यसलाई फिर्ता लिन मेयर शाहलाई दबाब दिएका छन्।

    मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.