• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
आइतबार, जेठ १९, २०८२
☰
आइतबार, जेठ १९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी, १९५० को सन्धि पुनरवलोकनमा जोड


  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
  • प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी, १९५० को सन्धि पुनरवलोकनमा जोड

    Advertisement

    प्रधानमन्त्री केपी शर्मा ओलीले सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धि पुनरवलोकनका लागि गठित नेपाल-भारत प्रवुद्ध समूह (ईपीजी) को प्रतिवेदन बुझ्न भारतलाई आग्रह गर्ने बताएका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाद्वारा लिखित पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतीय पक्षलाई यो विषयमा दबाब दिने संकेत गरेका छन्, तर उनले ठ्याक्कै कहिले यो कुरा उठाउने भन्ने खुलाएका छैनन्।

    प्रधानमन्त्री ओलीले भारत भ्रमणको निमन्त्रणा पाइसकेका छन् र असोजको पहिलो साता अमेरिकाबाट फर्किएपछि भारत जाने योजना रहेको बताइएको छ। यस भ्रमणमा १९५० को सन्धि, सीमा विवाद, र ईपीजी प्रतिवेदनलाई मुख्य एजेण्डा बनाउने सम्भावना रहेको छ।

    प्रधानमन्त्री ओलीकै कार्यकालमा लिम्पियाधुरा, कालापानी, र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरिएको थियो, जुन भारतले अहिलेसम्म स्वीकृति दिएको छैन। सन् २०२० मा नयाँ नक्सा जारी गरेपछि ओलीको यो पहिलो भारत भ्रमण हुनेछ। उनले ईपीजी प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गर्नुका साथै सीमा विवादबारे थप संवाद आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

    २०७५ सालमा तयार भएको ईपीजी प्रतिवेदन अझै नेपाल वा भारत कुनै देशलाई बुझाइएको छैन। परराष्ट्र विज्ञहरूको अनुसार, प्रतिवेदनको सान्दर्भिकता अब समाप्त भइसकेको छ र यो विषयलाई प्राथमिकतामा नराख्नुको कारणले प्रतिवेदनले दुवै देशबीचको संवादमा प्रभाव नपारेको बताइन्छ।

    पूर्वपरराष्ट्रमन्त्री अरुण सुवेदीका अनुसार, भारतले ईपीजी प्रतिवेदनलाई स्वीकार नगर्ने निर्णय गरिसकेको छ। नेपालले पनि यो प्रतिवेदनलाई प्राथमिकतामा नराखेको बताउँदै उनले यसको सान्दर्भिकता समाप्त भइसकेको धारणा राखेका छन्।

    ईपीजीको म्याद २०७५ सालमा समाप्त भएपनि प्रतिवेदन दुवै सरकारलाई बुझ्न बाँकी रहेको र यसबारे भारतले चासो नदिएको विश्लेषण गरिएको छ। यही बीचमा प्रधानमन्त्री ओलीको भारत भ्रमणले पुनः ईपीजी प्रतिवेदन र १९५० को सन्धि पुनरवलोकनको विषयलाई प्राथमिकतामा ल्याउने प्रयास हुनेछ कि भन्ने चासो छ।

    बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    सुदुरपस्चिम प्रदेशका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने
    गठबन्धन चुनाव जित्न मात्र गरेका होइनौँ : मन्त्री भुसाल
    म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना
    भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी
    चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.