• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, जेठ २४, २०८२
☰
शुक्रबार, जेठ २४, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

मोदीलाई दिने निमन्त्रणापत्र लिएर परराष्ट्रमन्त्री भारत जाँदै


  •   शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
  • मोदीलाई दिने निमन्त्रणापत्र लिएर परराष्ट्रमन्त्री भारत जाँदै

    Advertisement

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आइतबारदेखि चार दिनका लागि भारतको औपचारिक भ्रमण गर्ने तय भएको छ । मन्त्रिपरिषद्को बिहीबार बैठकले परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत भएको उनको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् । उनी बुधबार स्वदेश फर्किने कार्यक्रम छ ।

    परराष्ट्रमन्त्री भएपछि उनको पहिलो विदेश भ्रमण हुन लागेको हो । भारतीय विदेशसचिव विक्रम मिश्रीले विदेशमन्त्री डा. एस जयशंकरका तर्फबाट परराष्ट्रमन्त्री राणालाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए। उनले समकक्षी जयशंकरसँग सोमबार द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

    उनले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी ओलीका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणापत्र लिएर जानेछिन् । भारतीय प्रधानमन्त्री मोदीसँग भेटेरै निमन्त्रणा हस्तान्तरण गर्ने परराष्ट्रमन्त्रीको इच्छालाई भारतीय विदेश मन्त्रालयले सकारात्मक जवाफ दिएको उनी निकटस्थहरूले बताएका छन् ।

    मोदीसँगकाे भेटबारे भारतीय प्रधानमन्त्री कार्यालयले यकिन गर्न बाँकी छ । भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले नियमित स्वास्थ्य परीक्षण गर्ने पनि कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीसहित जान लागेकी उनी बुधबार स्वदेश फर्किने कार्यक्रम छ ।

    शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.