• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
आइतबार, जेठ १९, २०८२
☰
आइतबार, जेठ १९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

प्राधिरणका दुई कर्मचारीलाई सोधियो स्पष्टीकरण


  •   बुधबार, साउन १६, २०८१ मा प्रकाशित
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई हटाउने तयारी गरेको छ।

    Advertisement

    डेडिकेटेड फिडर र ट्रंकलाइनको महशुल बक्यौता विवादमा प्राधिकरणले पछिल्लोपटक बिजुली काटिदिएका उद्योगमा पुन: लाइन जोड्नेबारे सञ्चालक समिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेपछि मन्त्रालयले सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई स्पष्टीकरण सोधेको हो।

    प्राधिकरणको सञ्चालक ऊर्जा मन्त्रालयले नियुक्त गर्छ। मन्त्रालयले यसअघि सदस्य हटाउने र अदालतको आदेशले फर्किएका उदाहरण पनि छन्।

    ‘मन्त्रालयबाट सरकारको निर्देशनविपरीत ६ वटा उद्योगमा लाइन जोड्ने विषयमा किन नोट अफ डिसेन्ट लेखेको भनी स्पष्टीकरण सोधिएको छ’, स्पष्टीकरण सोधिएका सञ्चालक सदस्य आचार्यले भने, ‘मन्त्रिपरिषद्ले लिखित निर्देशन दिएको पनि थिएन। सञ्चालक समिति सदस्यले आफ्नो मत राख्न पाउँछन्।’

    समिति सदस्यले निर्णयमा फरक मत राखेकै आधारमा हटाउन खोजेको छ। स्पष्टीकरणपछि सरकारले सदस्यबाट हटाए कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको उनले सुनाए।

    ‘प्राधिकरणले बक्यौता उठाउनुपर्छ भन्दा आज हामीलाई स्पष्टीकरण सोधियो’, उनले नेपालखबरसँग भने, ‘भोलि कार्यकारी निर्देशकलाई पनि हटाएर ठूलो दुर्घटना निम्त्याउन खोजेको देखिन्छ।’

    विद्युत् प्राधिकरणले ६ अर्ब ४३ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ। त्यसको २५ प्रतिशत जरिवाना जोडेर प्राधिकरणले उद्योगमा बिल पठाएको थियो। उद्योगले प्रमाण नभएको भन्दै तिर्न नमानेपछि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटिदिएको थियो।

    प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्राधिकरण बोर्ड बैठकले तत्काललाई विद्युत् जडान गर्ने निर्णय गरिसकेको छ।

    बुधबार, साउन १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना
    भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी
    चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी
    एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड
    आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी
    भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.