• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
सोमबार, जेठ २०, २०८२
☰
सोमबार, जेठ २०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

पूर्वमुख्यमन्त्री शेरधन राईद्वारा प्रकाश तामाङलाई ५ रोपनी जग्गा, हलगोरु र हाते ट्याक्टरको सहयोग प्रकाश खुसी ले यसो भन्छन्


  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित
  • पूर्वमुख्यमन्त्री शेरधन राईद्वारा प्रकाश तामाङलाई ५ रोपनी जग्गा, हलगोरु र हाते ट्याक्टरको सहयोग प्रकाश खुसी ले यसो भन्छन्

    Advertisement

    पूर्वमुख्यमन्त्री शेरधन राईले भोजपुरका प्रकाश तामाङलाई ५ रोपनी ३ आना जग्गा, हलगोरु र हाते ट्याक्टर सहयोगस्वरूप प्रदान गरेका छन्। प्रकाश, जो पहिले सुकुम्बासी थिए, ‘हेर्ने कथा’ नामक कार्यक्रमको ‘हराएका वर्षहरू’ भागमार्फत् परिवारसँग पुनर्मिलन भएका थिए। यसपश्चात् उनले पूर्वमुख्यमन्त्री राईसँग भेट गरी आफू र परिवारको भविष्यका लागि जग्गा र कृषि सामग्रीको माग गरेका थिए।

    प्रकाश तामाङले राईसँग भेट गरी आफ्नो माग राखेको २४ दिनपछि, पूर्वमुख्यमन्त्री शेरधन राई भोजपुर पुगे र तामाङको माग पूरा गर्न हातेमालो गरे। राईले भोजपुरको षडानन्द-१०, साङपाङस्थित प्रकाशको घरमा पुगेर, तामाङलाई जग्गाधनी लालपुर्जा हस्तान्तरण गरे। उक्त जग्गा राईकी पत्नी जाङ्मु इन शेर्पाको नाममा थियो, जसलाई तामाङको नाममा गराइएको हो। साथै, राईले तामाङलाई कृषि कार्यलाई प्रोत्साहित गर्न हाते ट्याक्टर र एक हल गोरु पनि सहयोगस्वरूप प्रदान गरेका छन्।

    राईले भने, “प्रकाशजीसँग काठमाडौंमा भएको भेटमा उहाँले माग गरेअनुसार मैले सहयोगको प्रतिबद्धता गरेको थिएँ। आज त्यो बाचा पूरा गर्न तपाईँको घरमा आइपुगेको हुँ। यो जग्गामा धान, सुन्तला, रुद्राक्ष र अकबरे खोर्सानी जस्ता उत्पादन गर्न सकिन्छ। अब तपाईँ नमुना कृषक बन्नुहोस् र विदेशमा रहेका नेपालीलाई गाउँ फर्किन प्रेरणा दिनुहोस्।”

    प्रकाशले जग्गा पाउँदा अत्यन्तै खुसी व्यक्त गरे। उनले भने, “अब मेरो लागि गरी खाने मेलो भएको छ। म धेरै खुसी छु।” यसअघि सुकुम्बासी जीवन बिताइरहेका प्रकाश र उनको परिवारले अब स्थायी रूपमा बसोबास गर्न आफ्नो जमिन भएकोमा अत्यन्तै राहत महसुस गरेका छन्।

    शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले प्रकाशको सहयोग गर्न पाउँदा आफूलाई निकै गर्व लागेको बताइन्। उनले भनिन्, “काठमाडौंमा भएको भेटमा राखिएको मागलाई पूरा गर्न पाउँदा निकै खुसी लागेको छ। प्रकाशजस्ता सम्भावनावान व्यक्तिहरुलाई सहयोग गर्न पाउँदा गर्व महसुस हुन्छ।”

    यसअघि पनि भदौ १८ गते, राईले प्रकाशलाई १ लाख नगद सहयोग गरेका थिए।

    सोमबार, असोज १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.