• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
सोमबार, जेठ २०, २०८२
☰
सोमबार, जेठ २०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

ओलीलाई रविले भने न्यूयोर्कबाट आँखा नसन्काउनुस बसेर कुरा गरौं म रुम मिलाउछु


  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
  • ओलीलाई रविले भने न्यूयोर्कबाट आँखा नसन्काउनुस बसेर कुरा गरौं म रुम मिलाउछु

    Advertisement

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफूमाथि लागेको आरोप र सम्भावित पक्राउको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। लामिछानेले आफ्नो फेसबुक पोस्टमार्फत प्रधानमन्त्री ओलीलाई न्यूयोर्कबाट नेपाल फर्केर प्रत्यक्ष संवाद गर्न आग्रह गरेका छन्। उनले लेखेका छन्, “न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु, फर्केर आउनुस्। बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु। बिचौलियाको घर चाहिन्न। बाँकी भोलि।”

    लामिछानेको यो भनाइ तब आएको हो जब सहकारी ठगी मुद्दामा ग्यालेक्सी फोरके टेलिभिजनका पूर्व सञ्चालक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ। लामिछानेले ग्यालेक्सी टिभीको सञ्चालक भएकै कारण आफूमाथि षड्यन्त्रपूर्वक फसाउने प्रयास भइरहेको दाबी गरेका छन्। उनले प्रधानमन्त्री ओलीको निर्देशनमा आफूलाई लक्षित गरिएको भन्दै खुलेर प्रतिकार गर्ने चेतावनी दिएका छन्।

    यसअघि संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालीन सञ्चालक छविलाल जोशी, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, र सञ्चालक कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरिसकेको छ। सरकारको निर्देशनमा फरार हुन सक्ने आशंकामा लामिछानेमाथि प्रहरीले निगरानी बढाएको छ, र उनी जुनसुकै समयमा पक्राउ पर्ने सम्भावना रहेको बताइएको छ।

    प्रहरीले हालै जोशीलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। जोशीको पक्राउसँगै लामिछाने पनि पक्राउ पर्ने सम्भावना बढेको छ, जसले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूलाई केन्द्रीय कार्यालयमा भेला गराएको थियो।

    लामिछानेले ग्यालेक्सी टिभीको सञ्चालक भएकै आधारमा आफूलाई गलत तरिकाले मुद्दामा तान्न खोजिएको दाबी गर्दै न्यायिक प्रक्रिया निष्पक्ष हुनुपर्ने माग राखेका छन्।

    सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.