• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शनिबार, जेठ २५, २०८२
☰
शनिबार, जेठ २५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

सत्ता सहकार्यमा एमाले कांग्रेस को खिचातानी माओवादी रमिते


  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
  • सत्ता सहकार्यमा एमाले कांग्रेस को खिचातानी माओवादी रमिते

    Advertisement

    ४४ दिन लामो सत्ता सहकार्यमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) बिच मतैक्यता देखिएको छैन। सरकारको नेतृत्व गरिरहेको एमाले र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) बिच विवाद चर्किरहेका बेला सत्ता साझेदार कांग्रेस भने रमिते बनेर बसेको छ।

    एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सत्ता सहमतिपछि माओवादी असन्तुष्ट बनेको छ। प्रचण्डको नेतृत्वमा रहेको माओवादी केन्द्र प्रतिपक्षमा रहँदै गर्दा एमालेप्रति आक्रोश पोख्दै आएको छ। तर, कांग्रेसप्रति भने मौनता अपनाएको छ।

    मंगलबारको संसद् बैठकमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै आक्रोश पोखेपछि एमाले सांसद रघुजी पन्तले जवाफ फर्काए। कांग्रेस सांसदहरू भने विवादमा सामेल नभई तटस्थ रहे।

    संसद्मा बुधबार पनि एमाले र माओवादीबीच वादविवाद जारी रह्यो। एमाले सांसद योगेश भट्टराईले माओवादीको हिंसालाई लिएर आफ्नो धारणा राख्दा माओवादी सांसदहरू उभिएर विरोध गरे। भट्टराईले माओवादी हिंसाले देशमा लोडसेडिङ्ग ढिलो अन्त्य भएको भन्दै तर्क गरेपछि, माओवादी सांसदहरूले विरोध जनाउँदै सभामुखलाई ‘हिंसा’ शब्द हटाउन आग्रह गरे।

    विवाद अझै बढ्दै गयो, तर कांग्रेस रमिते भूमिकामा बस्यो। एमाले र माओवादीबीचको भनाभनमा कुनै मध्यमार्गी भूमिका निर्वाह नगरी कांग्रेसले सत्ता सहकार्यको निर्णय प्रक्रियामा मात्रै आफ्नो भूमिका रहने स्पष्ट पार्यो।

    संसदीय समितिमा पनि सत्ता साझेदारहरू एकमत देखिएनन्। भ्रष्टाचार निवारणसम्बन्धी विधेयक र अन्य विवादित विषयमा कांग्रेस र एमालेबीच मतभिन्नता देखिन थालेको छ। लेखा समितिमा पनि कांग्रेसले निर्णायक भूमिका खेल्न असफल भयो।

    कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेसको भूमिका निर्णायक प्रक्रियामा मात्र रहेको र अनावश्यक द्वन्द्व सिर्जना नगर्ने नीति अपनाएको बताएका छन्।

    बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.