• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शनिबार, जेठ १८, २०८२
☰
शनिबार, जेठ १८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

  • १. राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

एनसेलले १९ अर्ब नविकरण दस्तुर तिर्न बाँकी, २ दिनभित्र नबुझाए इजाजत पत्र रद्द


  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
  • एनसेलले १९ अर्ब नविकरण दस्तुर तिर्न बाँकी, २ दिनभित्र नबुझाए इजाजत पत्र रद्द

    Advertisement

    निजी क्षेत्र प्रवर्द्धित टेलिकम कम्पनी एनसेल लिमिटेडले सरकारले निर्धारण गरेको नविकरण दस्तुर भुक्तानी नगरे अबको केही दिनभित्र यसको इजाजत पत्र रद्द हुने स्थिति आएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई १९ अर्ब रुपैयाँ नविकरण दस्तुर भुक्तानी गर्नुपर्ने जानकारी गराउँदै, भदौ १५ गतेभित्र यो रकम बुझाउन निर्देशन दिएको छ। यदि यो समयभित्र दस्तुर भुक्तानी नगरे एनसेलको टेलिकम लाइसेन्स स्वतः रद्द हुनेछ।

    एनसेलले नविकरण दस्तुर तिर्ने समय आउँदा विभिन्न कारण देखाउँदै दस्तुर भुक्तानीमा आलटाल गर्दै आएको छ। एनसेलले किस्ताबन्दीमा नविकरण दस्तुर तिर्ने सुविधा माग गरेको थियो। यसका लागि विभिन्न बैंकबाट ऋण खोज्ने प्रयास पनि गरेको थियो। तर, नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिले किस्ताबन्दीको सुविधा दिन नसकिने निर्णय गर्दै, एनसेललाई पूरा रकम भुक्तानी नगरे लाइसेन्स नविकरण गर्न नसकिने जानकारी गराएको छ।

    दुरसञ्चार नियमावली अनुसार, एनसेलले इजाजत पत्र नविकरणका लागि सरकारले तोकेको दस्तुर तिर्नैपर्छ। नियमावलीको नियम १२ अनुसार, इजाजत पत्रको म्याद सकिनु तीन महिना अघिदेखि नै नविकरण दस्तुर भुक्तानीको प्रक्रिया अघि बढाउनुपर्ने प्रावधान छ। एनसेलले यो कानूनी व्यवस्था पालना नगर्दा थप १५ प्रतिशत जरिवाना समेत तिर्नुपर्ने स्थिति आएको छ।

    एनसेलले इजाजत पत्र नविकरणका लागि जेठ १४ गते ४ अर्ब रुपैयाँ दस्तुर भुक्तानी गर्दै निवेदन दिएको थियो। तर, प्राधिकरणले सम्पूर्ण रकम प्राप्त नभएसम्म नविकरण प्रक्रिया अघि नबढ्ने बताएको छ। अब एनसेलले १५ प्रतिशत जरिवानासहित कुल १९ अर्ब रुपैयाँ तिर्नुपर्नेछ।

    यसैबीच, एनसेलले सरकारी स्वामित्वको नेपाल टेलिकमजस्तै सुविधा पाउनुपर्ने माग गरेको छ। सन् २०७६ मा, नेपाल टेलिकमको इजाजत पत्र नविकरणका लागि सरकारले जम्मा १८ करोड ९० लाख रुपैयाँ दस्तुर तोकेको थियो, जुन एनसेलले उचित नभएको भन्दै समान व्यवहारको माग गरेको हो।

    यदि सरकारले एनसेलको पक्षमा कुनै विशेष निर्णय नगरेको अवस्थामा, दुरसञ्चार ऐन २०५३ अनुसार एनसेलको लाइसेन्स स्वतः रद्द हुनेछ।

    बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.