• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शनिबार, जेठ २५, २०८२
☰
शनिबार, जेठ २५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

भारतमा नयाँ प्रयोग: अन्न बाँड्ने एटिएम मेसिनको शुरुवात


  •   बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
  • भारतमा नयाँ प्रयोग: अन्न बाँड्ने एटिएम मेसिनको शुरुवात

    Advertisement

    एटिएमलाई आम रुपमा नगद निकाल्न मिल्ने मेसिनको रुपमा जानिन्छ । यद्यपि समयसँगै यसको प्रयोग बदलिँदै गएको छ ।

    नेपालकै विभिन्न ठाउँमा एटिएम मेसिनबाट पानी, सेनेटरी प्याड जस्ता सामान निकाल्न मिल्ने एटिएम मेसिन प्रयोगमा छन् ।

    तर हाम्रो छिमेकी मुलुक भारतमा भने अन्न वितरण गर्ने एटिएम मेसिन प्रयोगमा आएको छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)को सहयोगमा भारतको ओडिसा प्रदेश सरकारले भुवनेश्वरमा चौबिसै घण्टा अन्न निकाल्न मिल्ने एटिएम मेसिन प्रयोगमा ल्याइएको छ । भारतमै पहिलो अन्न एटिएमको नाम राखिएको छ ‘अन्नपूर्ति’ ।

    यसलाई स्थापना गर्नुअघि विभिन्न प्रदेशहरुमा उचित मूल्यमा दिइने अन्नको दुकानमा अन्न एटिएम को उपयोगिता जाँच गरिएको थियो । त्यसको सञ्चालन त्यही दुकानदारले नै गर्दथे ।

    तर ओडिसामा स्थापना गरिएको अन्न एटिएम पहिलो यस्तो प्रणाली हो जो २४ सै घण्टा खुल्ला हुनुका साथै स्वचालित पनि छ । यसलाई चलाउन कुनै पनि कर्मचारी आवश्यक पर्दैन ।

    यसबाट उपभोक्ताले आफूलाई आवश्यक परेको अन्न जुनसुकै समयमा किन्न सक्दछन् । बजार पसल बन्द हुन्छ कि भन्ने चिन्ता पनि गर्नु पर्दैन ।

    ओडिसा सरकारका खाद्य, आपूर्ति, उपभोक्ता कल्याण, विज्ञा तथा प्रविधि मन्त्री कृष्णचन्द्र पात्राले अन्न एटिएमको उदघाटन गरे । उद्घाटन कार्यक्रममा उनले भने, ‘यो मेसिन प्रदेशमा पोषण सुरक्षा हासिल गर्नका लागि संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमसँग साझेदारीमा गरिएको एक महत्वपूर्ण पहल हो । यस्ता एटिएम मेसिन प्रदेशभर स्थापना गरिने छ ।’

    भारत विशाल खाद्य-आधारित सुरक्षा नेटवर्क भएको देश हो, जसअन्तर्गत विभिन्न स्थानमा ५ लाखभन्दा बढी सुपथ मूल्य पसलहरु छन् । यो नेटवर्कमार्फत् हरेक महिना करिब ८१ करोड व्यक्तिलाई अनुदानवाला अन्न वितरण गरिन्छ ।

    हालसम्म पसल सञ्चालकहरुले अन्नलाई जोखेर ग्राहकहरुलाई दिन्छन् । यो प्रक्रियामा अनेक झमेला छ । किन्नेहरुले लामो समय लाइनमा बस्नुपर्दछ । अनाज पोखिने जोखिम र कतिपय अवस्थामा भनिएको तौल जति पनि नपाइने सम्भावना पनि हुन्छ ।

    यस्तो अवस्थामा अन्नपूर्ति एटिएम मेसिनबाट सर्वसाधारणले सहज, र सुलभ पहुँच पाएका छन् । सार्वजनिक वितरण प्रणालीको राशन कार्ड प्राप्त देशभरका कुनै पनि व्यक्तिले यो सुविधा लिन सक्ने ओडिसा सरकारले जनाएको छ ।

    अन्नपूर्ति एटिएमले ५ मिनेटभित्र ५० किलोसम्म अन्न वितरण गर्न सक्छ । छिटो हुने भएकाले उपभोक्तालाई लामो समयसम्म लाइनमा बस्नु पर्दैन ।

    एकपटक वायोमेट्रिक प्रमाणीकरणको प्रक्रिया पूरा गरेपछि लगातार सबै प्रकारका राशन प्राप्त गर्न सकिन्छ ।

    अधिकारीहरुका अनुसार यसको मोडुलर डिजाइन सजिलैसँग जुनसुकै स्थानमा फिर्ट गर्न सकिन्छ । यो सौर्य ऊर्जाबाट पनि चलाउन मिल्छ

    भारतमा डब्ल्यूएफपीकी उपनिर्देशक नोजोमी हासिमोतोले भनेकी छन्, ‘ओडिसाले समय अनुकूल सफलताको कथा प्रस्तुत गरिरहेको छ । भारतमै विकसित यो अन्नपूर्ति मेसिन अन्य धेरै प्रदेशहरुमा पनि चलाइने छ । एक वर्षको परीक्षणको आधारमा यसलाई अझै सुविधाजनक बनाउने प्रयास पनि जारी छ ।’

    भारतमा डब्ल्यूएफपीद्वारा विकसित अन्नपूर्ति मेसिनको पछाडि प्रविधि, खाद्य सुरक्षामा सुधार र सर्वसाधारणलाई सटिक तरिकाले राशन उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम मानिएको छ ।

    बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.