• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, जेठ २४, २०८२
☰
शुक्रबार, जेठ २४, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित


  •   बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
  • चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ । दुई जना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत गराइएको हो ।
    अस्पतालले दिएको जानकारी अनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उनको उपचार भइरहेको थियो । उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिएपछि गुरुङको मृत्यु भएको महतोले बताए । उनका अनुसार मेडिकल वार्डमा तीन पटकसम्म सोही मात्राको किमो दिएपछि बिरामीको शरीरले उक्त मात्रा धान्न नसकेर गत असार १३ गते राति मृत्यु भएको थियो ।
    “खुट्टाको छालाको क्यान्सर ‘मेलानो’मा भएपछि शल्यक्रिया गरिएको थियो । रोग फैलिएर खुट्टा मुनिको काछसम्म पुगेर गाँठागुठी देखिएपछि ‘बायप्सी’ (क्यान्सर भए÷नभएको पत्ता गराउन गरिने परीक्षण) गरेर क्यान्सर एकीन गरिएको थियो । सो पश्चात् बिरामीलाई किमो दिन थालिएको थियो”, उनले भने ।

    Advertisement

    बिरामीको उपचारमा लापरबाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टिकरण मागेको छ । सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ । अस्पतालले उपनिर्देशक डा.उमेश नेपाल, मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा.गुरुशरण शाह र नर्सिङ् प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियो । समितिले यही साउन ३ गते प्रतिवेदन बुझाएको महतोले जानकारी दिए ।

    अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिएपछि सोही आधारमा दुई जनालाई निलम्बन र २३ जनालाई स्पष्टिकरण सोधिएको बताए । यससँगै आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

    पौडेलले भने– “काममा लापरबाही देखिएकाले आवश्यक कारबाही गर्नेछौँ । आगामी दिनमा यस्ता लापरबाही हुन नदिन नियमित अनुगमनका गर्ने व्यवस्था मिलाउने छौँ ।”

    बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.